कोहली र ऋषव बने सबैभन्दा चर्चित क्रिकेटर - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

कोहली र ऋषव बने सबैभन्दा चर्चित क्रिकेटर



एजेन्सी । भारतीय क्रिकेटर विराट कोहलीको ब्याटबाट विश्वको हरेक कुनामा रन बनाउने क्रमसँगै उनको बारेमा लेखिएको लेख तथा समाचार उत्तिकै पढिइने गरेको थाहा भएको छ ।

अनुसन्धान तथा खोज कार्य गर्ने संस्था तबुलाको अनुसार पछिल्लो वर्ष विराट कोहलीको बारेमा पढ्नको लागि मानिसहरुले सबैभन्दा धेरै समय खर्चिएका छन् । सन् २०१८ को मार्च देखि सन् २०१९ को फेब्रअरीको अवधिसम्ममा क्रिकेट खेलाडीहरुमध्ये विराटको बारेमा सबैभन्दा धेरै पढिएको पत्ता लागेको बताइन्छ ।

उक्त अध्ययनको करिब ४५० मिलियन भन्दा बढि पाठक, १ लाख ९० हजार भन्दा बढि लेख, ४ अरब पेज भ्युज र ३.३ अरब मिनेटको पढाइको अनुसन्धान भएको बताइएको छ ।

अनुसन्धानको अनुसार करिब दश करोड व्यक्तिले विराटको बारेमा पढेका छन् । त्यस्तै अर्का भारतीय क्रिकेटर रिसभ पन्तको बारेमा १ करोड २० लाखले पढेका छन् भने वेष्ट इन्डीजका क्रिकेटर क्रिश गेलको बारेमा ५५ लाखले पढेका छन् ।

ति बाहेक अफगानिस्तानका रसिद खानको बारेमा ५४ लाख पटक, न्यूजिल्याण्डका केन विलियमसनका बारेमा ४८ लाख र दक्षिण अफ्रिकाका खेलाडी एबी डि भिलियर्सका बारेमा ४५ लाख पटक पढिएको छ ।

विराट कोहलीले भारतीय क्रिकेट टोलीको लागि खेल्दै रन बनाउने क्रम जारी भएसँगै उनी बारे इन्टरनेटमा खोज ह्वात्तै बढेको विश्लेषण गरिएको छ ।
उनको बारेमा लेखहरु पढ्नेले औसतमा प्रति लेख ३९ सेकेण्ड समय खर्चेको पाइएको छ । त्यस्तै रिसभ पन्तको बारेमा पढ्नेले ५४ सेकेण्ड समय खर्चेका छन् ।

त्यस्तै क्रिश गेलको बारेमा पढ्न ५२ सेकेण्ड र न्यूजिल्याण्डका ट्रेन्ट बोल्टबारे पढ्न ५१ सेकेण्ड समय खर्चिएको अध्ययनको क्रममा देखिएको छ ।
भारतीय खेलाडीको बारेमा मिडिया कभरेज बढि हुने भएकोले पनि विराट अगाडी आएको हुनसक्ने आँकलन गरिएको छ ।

यि खेलाडीहरुको बारेमा पुरै वर्ष पढिएपनी रिसभ पन्तको बारेमा यस वर्षको फेब्रअरी महिनामा ६ लाख भन्दा पढिएसँगै उनको आँकडा माथी आएको बताइन्छ ।