कन्हैयाले यसरी गराउंदैछन् भाजपालाई फाइदै फाइदा - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

कन्हैयाले यसरी गराउंदैछन् भाजपालाई फाइदै फाइदा



बीबीसी । बेगूसरायमा चाहे जसले जितुन तर स्थानीयहरु कन्हैया कुमारको कारण आफ्नो सहरले भारतभर चर्चा पाएको कुरा गर्न थालिसकेका छन् ।

कन्हैयाकै कारण पहिले कहिले विहार नगएका मानिस बेगूसराय पुगेको छन् । यसले गर्दा त्यहाँका होटेलमा कोठा पाइन छाडेको छ । यहाँसम्मकी विदेशी अनुसन्धानदाता पनि कन्हैयाको चुनावी अभियानलाई नजिकबाट हेर्नको लागि बेगूसरायमा छन् ।

फ्रान्सका थोमस यीनै अनुसन्धादातामध्ये एक हुन् । बुधबार दिउँसो उनी कन्हैयाको चुनावी प्रचार हेर्न गएका थिए । हालसम्मको अवलोकनबाट थोमसलाई कन्हैया जातीय भोट बैंकलाई तोडिरहेको मान्छन् । यसलै कन्हैयाले हरेक जातिबाट भोट पाउने थोमसको बुझाई छ ।

थोमस पछिल्लो १२ दिनदेखि बेगूसरायमा छन् । यस बीच उनी मुसलमान बस्ति गइरहेका छन्, दलितसँग भेटिरहेका छन् । थोमसलाई बेगूसरायको गल्लि र गाउँ झारखण्डबासी सरफराजले घुमाइरहेका छन् । सरफराज जेएनयूमा इतिहास विषयमा एमए गरिरहेका छन् ।

सरफराज भन्छन् ,‘मुसलमानमा कन्हैयालाई लिएर निक्कै आशावादी छन् । ति कन्हैयाको कुरा ध्यानसँग सुनिरहेका छन् । मुसलमान उमेद्वार तनवीर हसनको कारणले द्विधिधा त निश्चयनै छ । तर ५० प्रतिशतभन्दा बढी मुसलमानको मत कन्हैयाले पाउछन् भन्नेमा निश्चित छु ।’

बेगूसरायमा मुसलमान मतदाताको जनसंख्या तीन लाख छ । जातिय मतदाताको हिसाबमा सबैभन्दा ठूलो जाति भूमिहार हो । भूमिहार मतदाता चार लाख छन् ।

भूमिहारपछि दलित मतदाता धेरै छन् । सरफराजको अवलोकनमा कन्हैयाले उनकै जाति भूमिहारबाट भने धेरै मत पाउने छैनन् ।
कन्हैया जल्लेबाड भूमिहार हुन् । यो जातिका मतदाता कुल भूमिहारको आधा छन् । यसले गर्दा कन्हैयाले जातिय हिसाबमा मत पाइहाले पनि त्यो समूहबाट पाउनेछन् । तर कन्हैयाले अरु उमेद्वारजस्तो हालसम्म जातिय आधारमा आफूलाई मत हाल्नुपर्छ भनेका छैनन् ।

बेगूसरायको मुसलमान मतदातालाई आकर्षित गर्नको लागि विहारका प्रभावशाली लालू प्रसाद यादवको पार्टी राजदले मुसलमान उमेद्वार तनवीर हसनलाई उठाएको छ । बेगूसरायका आम मूसलमान तनवीरसँगै रहेको कुरा त गर्छन् तर कन्हैयाको पनि तारिफ गर्छन् ।

‘कन्हैया स्वतन्त्र उठेको भए धेरै राम्रो हुन्थ्यो ’

सोमबार बेगूसरायको बछवाडामा राजदको चुनावी अभियानको नेतृत्व गरिरहेका लालूका छोरा तेजस्वी यादव तनवीरको लागि गरिएको ¥यालीमा सहभागी भए । सो ¥यालीमा हुन आएका मध्य एक मोहम्मद तबरेज थिए ।

कन्हैयाबारे सोध्दा मोहम्मदले भने ,‘तनवीर हसन ठीक छन् । कन्हैया पनि ठीक हुन् तर कन्हैया कम्युनिष्ट पार्टीको उमेद्वार हुनु हुदैन थियो । उनी स्वतन्त्र उठेको भए धेरै राम्रो हुन्थ्यो ।’

बेगूसरायमा गैर–भूमिहारहरुमा कन्हैयाको छवि राम्रो छ तर उनको पार्टीको त्यस्तो राम्रो छवि छैन । भारतीय कम्युनिष्ट पार्टी(सीपीआई) लाई गैर–भूमिहारहरुमा उच्च जातको पार्टीको रुपमा हेरिन्छ । पार्टीको वर्तमान नेतृत्व हेर्ने हो भने त्यो साचोँ पनि देखिन्छ ।

यही कुरालाई समाएर चुनावी प्रचारमा आएका तेजस्वीले विहारमा सीपीआईको अवस्था ‘एक जिल्लाको पार्टी’ र ‘एक जातिको पार्टी’मा सिमित रहेको बताए ।

‘कन्हैयाको भोट बैंक छैन’

बेगूसरायमा सीपीएम नेता र वामपन्थी विचारक भगवान प्रसाद सिन्हा तेजस्वीको आरोपको प्रतिवाद गर्दै उनले जे सिकाइएको थियो त्यही बकेको बताए ।

विगतमा तेजस्वीका पिता लालूले पनि सीपीआईलाई भूमिहारको पार्टी बताउने गरेको र तेजस्वीले त्यही दोहोराएको सिन्हाले बताए ।

भगवान सिन्हाले भने ,“यदी सीपीआई जातिगत पार्टी हुन्थ्यो भने कन्हैयाले सबैभन्दा बढी भोट आफ्नो जातिबाट पाउथें । तर यथार्थमा त्यो जातिबाट उनले कम मत पाउने आसा गरिएको छ । कन्हैयाको कुनै भोट बैंक छैन । भोट बैंक त तनवीर हसन र भाजपाको छ । ”

सिन्हाले कन्हैयाको उदयले स्वयम तेजस्वीले राजनीतिक रुपमा असुरक्षित महसूस गरेको आरोप लगाए । यही असुरक्षाको भावनाका कारण तेजस्वीले पहिले कन्हैयालाई गठबन्धनबाटै उठाउने आस्वासान दिएर पछि अलग उमेद्वार उठाएको दावी गरे ।

उता तनवीर हसनले भने तेजस्वीले कन्हैयलाई उमेद्वार बनाउने कुनै वाचा नगरेको बताए ।

तनवीर हसन सन् २०१४ को चुनावमा भाजपाबाट ५८ हजार मतअन्तरले मात्रै हारेका थिए । मोदी लहरमा पनि तनवीर हसनले कसरी यति धेरै मत पाए ?

सरफराज भन्छन् ,‘तनवीरले तीन लास एकसठ्ठी हजार मत पाएका थिए । मोदीका कारण मुसलमानको एकमुष्ठ भोट उनले पाए । सन् २०१४ मा तनवीरले सीआईएमएलको पनि मत पाएका थिए । यो पटक त्यस्तो छैन ।’

कन्हैया–तनवीर लडाईमा भाजपालाई फाइदा

बेगूसरायको चुनावी प्रचार हेर्दा सबैभन्दा तीव्र प्रतिस्पर्धा कन्हैया र तनवीर हसनबीच देखिन्छ । दुवैको मत आधार एउटै हाएकाले यसो भएको भन्ने बुझिने कुरा हो । भाजपा भने यी दुईको लडाईबाट आफूलाई फाइदा हुने सोचिरहेको छ ।

भाजपा उमेद्वार गिरिराज सिंहको प्रचार हेर्दा यो महसुस गर्न सकिन्छ । मंगलबार गिरिराज सिंह आफ्ना समर्थकलाई लिएर आठ गाउँमा पुगे । तर कुनै ठाउँमा पनि उनले गाडिबाट निस्किने आवश्यकता महसुस गरेनन् । न उनले कतै सम्बोधननै गरे ।

कयैन मानिस गिरिराज सिंह आफ्नो जीतलाई लिएर पूर्ण विश्वस्त रहेको मान्छन् । मैदानमा कन्हैया र तनवीर भएर पनि यो भाव मजबुद भएको उनीहरुको बुझाई छ ।

सिमरियाका मानिसले गिरिराज गाडिबाट ओर्लेर मतदातासँग नभेटेकोमा असन्तुष्टि पनि व्यक्त गरे तर कयैन मानिसले मोदीका कारण आफूहरुले भाजपालाई मतदान गर्ने बताए ।

गिरिराजको गाडि सिरिया पञ्चायतका गंगा प्रसाद गाउँबाट जादैं थियो । साँघुरो गल्ली भएकाले गाडि रोकियो ।

गलीमा एक घर बाहिर हीरा पासवान उभिएका थिए । हामीले चुनावमा को मन परेको छ भनेर सोध्यौ । उनको जवाफ थियो ,‘डफली वाला लड्का ठीक लगै छै (डफली वाला ठिटो ठीक लक्छ ।)’ उनले डफली वाला ठिटो भनेर चुनावी प्रचारमा डफली बजाउने कन्हैया कुमार भन्न खोजेका थिए ।