मोदीविरुद्ध कसैले औला उठाए हात नै काटिदिने धम्की - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

मोदीविरुद्ध कसैले औला उठाए हात नै काटिदिने धम्की



एजेन्सी । भारतको हिमाचल प्रदेशका भारतीय जनता पार्टी (भाजपा) प्रमुख सतपाल सिंह सत्ती आफ्नो उग्र टिप्पणीका कारण विवादमा तानिएका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार हिमाचल प्रदेशको मण्डीमा आयोजित एक सभामा बुधबार बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध कसैले औला उठाए त्यसको हात नै काटिदिने धम्की दिएपछि उनी विवादमा तानिएका हुन् ।

‘हाम्रा नेताहरु मन्चमा आसिन छन् । यदि कसैले उनीहरुविरुद्ध औला उठाउँछ भने हामी त्यसको हात नै काटिदिनेछौ । हामी लाचार र मुर्ख छैनौ’, उनले भने ।