सनी देओल भाजपामा प्रवेश, चुनाव लड्ने - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

सनी देओल भाजपामा प्रवेश, चुनाव लड्ने



बलिउड अभिनेता सनी देओल भारतीय जनता पार्टीमा प्रवेश गरेका छन। दिल्लीमा रक्षामन्त्री निर्मला सीतारमण र रेल मन्त्री पीयूष गोयलको उपस्थितिमा उनले सदस्यता लिएका हुन।

सनी देओलले फिल्म मार्फत सुरक्षा बलको हौसला बढाएको र वास्तविक राजनीतिमा पनि त्यो कामलाई अगाडि बढाउने मन्त्री गोयलले बताए। उनले युवा युवतीलाई देओलले प्रेरणा दिने विश्वास लिए। सनी देओल कुन लोकसभा सिटबाट निर्वाचन लड्दैछन् भन्नेबारे भने गोयलले पार्टीले त्यसको निर्णय लिने बताए।

भारतमा हाल लोकसभा निर्वाचन चलिरहेको छ। सनी देओलले आफ्ना बुबा धर्मेन्द्र भारतीय जनता पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीसँग जोडिएको र आफू नरेन्द्र मोदीसँग जोडिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। सनी पञ्जावको गुरदासपुर लोकसभा सिटबाट चुनाव लड्ने सम्भावना रहेको बिबिसीले लेखेको छ। सोही ठाउँबाट अभिनेता विनोद खन्ना चुनाव लडेका थिए। उनको निधनपछि २०१७ मा भएको उपचुनावमा कांग्रेसका सुनील जाखडले जित हासिल गरेका थिए।

त्यसैगरी, सनीले देशका युवावर्गलाई प्रधानमन्त्री नरेन्द्र मोदीको खाँचो रहेकोले आफूपनि मोदीसँग जोडिएको प्रतिक्रिया दिए। सनी देओलका बुबा अभिनेता धर्मेद्र पनि २००४ देखी २००९ सम्म राजस्थानको बिकानेरबाट भाजपा सांसद थिए भने उनकी पत्नी मथुराबाट सांसद रहेकी हेमा मालिनी यसपटक पनी त्यहींबाट चुनावमा प्रतिस्पर्धी छन। एक्शन हिरोको छवी बनाएका सनी देओल आफ्नो समयमा बलिउडका लोकप्रिय अभिनेता थिए। सन् १९८२ मा ‘बेताब’ फिल्मबाट आफ्नो करियर शुरु गरेका सनीले १९९० मा ‘घायल’ फिल्मबाट निक्कै लोकप्रियता र चर्चा पाएका थिए। उनका ‘दामिनी’, ‘गदर’, ‘हीरो’, ‘अपने’ सफल चलचित्र हुन।