बैंगलोरले चेन्नईलाई १ रनले हरायो : धोनीको आक्रामक खेल - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

बैंगलोरले चेन्नईलाई १ रनले हरायो : धोनीको आक्रामक खेल



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले शीर्ष स्थानको चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ ।

आइतबार भएको रोमान्चक खेलमा बैंगलोरले चेन्नईलाई १ रनले हराएको हो ।

बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा बैंगलोरले दिएको १६२ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले आक्रामक ब्याटिङ गर्दै ८४ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै अम्बाती रायडुले २९ तथा रविन्द्र जडेजाले ११ रन बनाए  ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभर खेल्दै ७ विकेट गुमाएर १६१ रन बनाएको थियो ।

बैंगलोरका लागि पृथ्वी पटेलले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोइन अलिले २६, एबी डी भिलियर्सले २५ र आकाश दिप नाथले २४ रन बनाए ।

चेन्नईका दिपक चाहर, ड्याने ब्राभो र रविन्द्र जडेजाले २/२ विकेट लिए ।

चेन्नईलाई हराएसंगै बैंगलोरले लिगमा तेस्रो जित निकालेको छ  । बैंगलोरले १० खेलबाट ६ अंक जोडेको छ ।

पराजित चेन्नई शीर्ष स्थानमा यथावत रहेको छ । चेन्नईले १० खेलबाट १४ अंक जोडेको छ ।