चेन्नईलाई १६२ रनको लक्ष्य : होला त बैंगलोरको जित ? - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

चेन्नईलाई १६२ रनको लक्ष्य : होला त बैंगलोरको जित ?



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किङ्सलाई जितका लागि १६२ रनको लक्ष्य दिएको छ ।

बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभर खेल्दै ७ विकेट गुमाएर १६१ रन बनायो ।

बैंगलोरका लागि पृथ्वी पटेलले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोइन अलिले २६, एबी डी भिलियर्सले २५ र आकाश दिप नाथले २४ रन बनाए ।

चेन्नईका दिपक चाहर, ड्याने ब्राभो र रविन्द्र जडेजाले २/२ विकेट लिए ।

आज घरेलु टोली तेस्रो जितको खोजीमा रहेको छ  । बैंगलोरले ९ खेलबाट ४ अंक जोडेको छ ।

यता, चेन्नई भने आठौं जितको खोजीमा हुनेछ । चेन्नई बैंगलोरलाई हराएर प्ले अफ सम्भावना बलियो बनाउन चाहन्छ ।

चेन्नईले ९ खेलबाट १४ अंक जोडेको छ ।