किंग्स इलेभन पञ्जाबका कप्तान अश्विनलाई जरिवाना - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

किंग्स इलेभन पञ्जाबका कप्तान अश्विनलाई जरिवाना



एजेन्सी- किंग्स इलेभन पञ्जाबका कप्तान रविचंंद्रन अश्विनमाथि जरिवाना लगाइएको छ ।

दिल्ली क्यापिटल्सविरुद्धको खेलमा ‘स्लो ओभर रेट’को कारण बीसीसीआईले उनीमाथि १२ लाख जरिवाना लगाएको हो ।

आईपीएलद्वारा जारी विज्ञप्तिअनुसार यस सिजनमा पञ्जाबको यो पहिलो गल्ती हो ।

यसअघि आईपीएल-१२ मा स्लो ओभर रेटका कारण रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहली, राजस्थान रोयल्सका कप्तान अजिंक्य रहाणे र मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मामाथि पनि जरिवाना लगाइएको थियो ।