नेपालका दूरसञ्चार कम्पनी : विश्वकै बढी नाफाखोर, सेवा भने खत्तम - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

नेपालका दूरसञ्चार कम्पनी : विश्वकै बढी नाफाखोर, सेवा भने खत्तम



काठमाडौं- मुलुकमा सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू विश्वकै सबैभन्दा धेरै नाफा राख्नेमा परेको पाइएको छ।

विश्वका अन्य दूरसञ्चार कम्पनीले राख्ने नाफा प्रतिशतको तुलनामा नेपाली कम्पनीले राख्ने नफा प्रतिशत धेरै छ।

केही दिनअघि महालेखा परीक्षकको कार्यालयद्वारा सार्वजनिक ५६औं वार्षिक प्रतिवेदनअनुसार मुलुकमा सञ्चालनमा रहेका प्रमुख दुई कम्पनीको नाफा ६२ प्रतिशत र ५८ प्रतिशत छ।

प्रतिवेदनले एक नेपाली टेलिकमल कम्पनीको नाफा प्रतिशत ५८ प्रतिशत र एक निजी टेलिफोन सेवा प्रदायकको नाफा ६२.४० प्रतिशत रहेको उल्लेख गरेको छ।

मुलुकमा दुईवटा कम्पनीले मात्र ९० प्रतिशतभन्दा धेरै बजार ओगटेका छन्। त्यसमा एउटा सरकारी स्वामित्वको नेपाल टेलिकम र अर्काे निजी क्षेत्रको एनसेल छन्।

यसअनुसार सरकारी स्वामित्वको नेपाल टेलिकमको नाफा ५८ प्रतिशत र निजी क्षेत्रको एनसेलको नाफा ६२.४० प्रतिशत रहेको देखिन्छ। यो नाफा विश्वका कुनै पनि कम्पनीको भन्दा धेरै हो।

यो खबर आजको नागरिक दैनिकको आर्थिकमा छापिएको छ। विश्वका धेरै कम्पनीले आफ्नो नाफा ३१ प्रतिशत राखेका छन्।