तीनसय भन्दा बढी नेपाली अमेरिकी जेलमा - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

तीनसय भन्दा बढी नेपाली अमेरिकी जेलमा



काठमाडाैँ । अमेरिकी सरकारले गैरकानुनी रूपमा सीमा क्षेत्रबाट प्रवेश गर्ने विदेशीलाई जेलमा नै राख्ने निर्णय लिएको छ। धेरै नेपाली महिनौं लगाएर अमेरिका पुगिरहेको अवस्थामा उनीहरूले त्यहाँको अदालतको निर्णय नआउन्जेल जेलमा बस्न पर्ने भएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा अनिल अधिकारीले लेखेका छन् । यसरी जेलमा बस्नुपर्नेमा तीनसय भन्दा बढी नेपाली रहेका छन ।

यसअघि यसरी अमेरिका प्रवेश गर्नेले एसाइलम आवेदन दिएपछि धरौटीमा रिहा गर्ने प्रावधान थियो। यसलाई बुधबार देखि हटाइएको हो ।बिना कागजात प्रवेश गरेका त्यस्ता आवेदकलाई अमेरिकी सरकारले एसाइलमको अन्तिम निर्णय नहुँदा सम्मकालागि बोण्ड अर्थात धरौटीमा रिहागर्दै बाहिर काम गर्ने अवसर दिन्थ्यो। बुधवार जारी भएको महान्यायधिवक्ताको निर्णय संगै अब एसाइलम आवेदकहरू, निवेदन स्विकृत नुहँदासम्म अध्यागमनको जेलमा नै बस्नुपर्ने हुन्छ ।

अध्यागमन हिरासतमा आप्रवासीलाई राख्ने क्षमता बढाउनुपर्ने भएकाले महान्यायधिवक्ताको निर्णय, ९० दिनमा कार्यन्वयनमा आउनेछ। महान्यायधिवक्ताको निर्णय संगै बिगत १४ बर्षदेखी धरौटीमा रिहागर्ने अभ्यासको समेत अन्त्य भएको छ । यो निर्णयले अमेरिका विनाकागजात प्रवेश गर्ने संख्या घट्ने विश्वास समेत लिइएको छ । जेलमा बस्नेले कुनै काम गर्न नपाउने र असाइलम स्विकृत नभए डिपोर्ट हुने हुनाले त्यो रिक्समा कोही नपर्न समेत अमेरिकामा रहेका नेपालीहरूको आग्रह छ ।