अख्तियारले काटेको पत्र ‘रहस्यमय’ - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

अख्तियारले काटेको पत्र ‘रहस्यमय’



काठमाडौं– लेखापरीक्षणबाट टुंगिसकेको विषयलाई आधार बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रम कार्यालय विराटनगरका कार्यरत उपसचिव प्रेमप्रसाद सञ्जेललाई तीन दिनभित्र उपस्थित हुन पत्र काटेको छ ।

कार्यालयमै उपस्थित नभएको अवस्थामा आधारभूत तलबबाहेक विभिन्न भत्ता लिएको आरोपमा अख्तियारले छानबिनका लागि उनलाई पत्र काटेको हो ।

‘यहाँको सबै विषयबस्तुबारे अवगत छु, यसखालको गतिविधिले व्यक्रिमाथि आतंक सिर्जना गर्नेकाम भयो’ अख्तियार स्रोतले भन्यो, ‘सञ्जेलमाथि काटिएको पत्रमा विभिन्न कोणबाट प्रश्न उठाउने ठाउँ छ । अख्तियारले लोकमानकै शैलीमा काम गर्न खोजेको हो कि भन्ने देखिँदै छ ।’

सञ्जेलमाथि परेको उजुरीको विषयवस्तु दुई वर्ष पहिलेको हो । जसलाई दुई पटक महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षण गरी टुंग्याइसकेको छ । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।