मोदीले भने – कांग्रेस चुनाव नलडे पनि हुन्छ, हार भैसक्यो - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

मोदीले भने – कांग्रेस चुनाव नलडे पनि हुन्छ, हार भैसक्यो



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वंशवाद र विकासको राजनीतिमा कसले जित्छ त्यसको जवाफ उत्तर प्रदेशले दिने बताएका छन् ।

आम निर्वाचन चलिरहँदा उनले भारतीय अनलाइन अमर उजालासंगको कुराकानीमा उनले ‘पछि लैजाने राजनीतिको जीत हुन्छ वा अगाडि लैजाने राजनीतिको जित हुन्छ त्यस सवालको जवाफ उत्तर प्रदेशले दिनेछ’ भने ।

उनले अगाडि थपे, ‘भ्रष्टाचारको राजनीतिले जित्छ वा नयाँ भारतले त्यसको जवाफ पनि उत्तर प्रदेशले दिनेछ ।’

प्रधानमन्त्री मोदीले भने, ‘म उत्तर प्रदेशमा राम्रो प्रदर्शनलाई लिएर आश्वस्त छु, जनताको विश्वास र समर्थनका लागि धन्यवाद ।’

उनले अगाडि भनेका छन्, ‘यो विल्कुल स्पष्ट छ कि सपा र बसपामा वैचारिक समानता छैन र उनीहरुको गठबन्धन कुनै पनि बेला टुट्न सक्छ ।’

भारतीय जनता पार्टीका नेतासमेत रहेका मोदीले भने, ‘सपा र बसपा दुवै पार्टीहरु कांग्रेसको विरुद्धमा लड्ने छन् ।’

मोदीले भने, ‘काँग्रेस अब भनिरहेको छ कि उसको ध्यान सन् २०२२ को विधानसभा निर्वाचनमा रहेको छ, यसको सीधा मतलब हो कि पहिले नै आफ्नो हार स्वीकार गर्यो ।’

मोदीले भनेका छन्, ‘सन् २०१७ मा काँग्रेस–सपा गठबन्धनलाई हराइयो अब बुआ–भतिजाको गठनबन्धनलाई पनि हराउने छौं ।’