नेपालद्वारा २ सय ३० रनको लक्ष्य प्रस्तुत : रोहितको अर्धशतक - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

नेपालद्वारा २ सय ३० रनको लक्ष्य प्रस्तुत : रोहितको अर्धशतक



आइसीसी एसिया अन्डर–१९ विश्वकप छनौट प्रतियोगिता अन्तरगत आफ्नो चौथो खेलमा नेपालले ओमानसामु २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान दिए । उनले यसक्रममा ४ चौका र २ छक्का हिर्काए ।

उनलाई भीम सार्कीले ३९ रन बनाउँदै राम्रो साथ दिए । उनले ४३ बलमा २ चौका र एक छक्का हिर्काए ।

खेलको अन्त्यतिर प्रतिश जिसीले आक्रामक इनिङ खेल्दै नेपाललाई सम्मानजनक स्कोरतर्फ डोर्याए ।

प्रतिशले मात्र २३ बलमा ४१ रन बनाए । यसक्रममा उनले ४ छक्का र २ चौका हिर्काए ।

अभिषेक बस्नेतले १५ रनको योगदान दिए ।

ओमानका लागि मुजहिर राजा, सञ्जय रवीन्द्र, आजम अली र जिल तन्नाले २–२ विकेट लिए ।