विराटको टोलीको उपाधि जित्ने सपना सकियो - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

विराटको टोलीको उपाधि जित्ने सपना सकियो



काठमाडौं -सोमबार भएको आईपिएल टि-२० खेलमा विराट कोहलीको रोयल च्यालेन्जर्स बेङ्लोर मुम्बई ईण्डियन्ससँग ५ विकेटले पराजित भएको छ।

जारी लिगमा मुम्बईको ८ म्याचमा पाँचौ जित हो भने बेङ्लोरको सातौं हार हो। हारसँगै लिगको उपाधिबाट विराटको टोली बाहिरिएको छ।

हिजोको खेलमा मोइन अलिको ५० तथा एबी डिलिवियर्सको ७५ रनको उत्कृष्ट प्रदर्शनका बाबजुत बेङ्लोरले हारको सामना गर्‍यो। जितसँगै मुम्बई लिगको तेश्रो स्थानमा पुग्दा बेङ्लोर भने पुछारमा कायमै रहेको छ।

सोमबार पहिले ब्याटिङ् गर्दै बेङ्लोरले ७ विकेटको क्षतिमा १७१ रन बनाएको थियो। जवाफी ब्याटिङ्मा १७२ रनको लक्ष्य पछ्याउन आएको मुम्बईले १९ ओभरमा पाँच विकेट गुमाउँदै आफ्नो लक्ष्य प्राप्त गर्‍यो।

मुम्बईका लागि २६ बलमा क्वींटन डिककले सर्वाधिक ४० रन बनाए। यस्तै हार्दिक पटेलले १६ बलमा ३७ रनको पारी खेले भने रोहित शर्मा, सूर्य कुमार यादव, ईशान किशन तथा क्रुणाल पांड्याले क्रमशः २८, २९, २१ तथा ११ रन बनाए।

त्यसअघि मुम्बईले टस जितेर बेङ्लोरलाई ब्याटिङ्का लागि निम्तो दिएको थियो। बेंलोरले हिजो खराब सुरूवात गर्यो। कप्तान विराट कोही मात्र ८ रन बनाउँदा आउट भए। उनलाई जेसन बेहरनडार्फले इन स्वीङ् गर्दै क्वींटन डिककको हातबाट क्याच आउट गराए।

कोहलीपछि ब्याटिङ गर्न आएका इबी डिविलियर्सले दोश्रो विकेटका लागि पार्थिव पटेलसँग ३७ रनको साझेदारी गरे। पटेलले २८ रन जोडे। हार्दिकले पटेललाई आउट गरेका हुन्।

४९को स्कोरमा दोश्रो झट्का बेहोरेको बेङ्लोरलाई एबीले मोइन खानसँग मिलेर सम्हाले। उनीहरूले ९५ रनको साझेदारी गरे। अलि १८ ओभरको पहिलो ओभरमा आउट भए। त्यसपछि १४५ को स्कोरमा आउट हुँदा मोइनले ३२ बलमा ५० जोडेका थिए। उनी आउट भएसँगै बेङ्लोरको लय बिग्रियो।

आईपिएलमा आखिरका ३ ओभरमा अक्सर ४० या बढिको रनस्कोर हुने गरेकोमा बेङ्लोरलेकेबल २६ रनमात्र जोड्यो। मोइनपछि डिविलयर्स पनि रन आउट भए, उनले ५१ बलको पारीमा ६ चौका र ४ छक्का लगाए। उनी आउट भएपछि आएका ब्याट्सम्यानले सोचेजस्तो रन जोड्न सकेनन्।

मुम्बईका लागि लसिथ मांलिगाले ४ विकेट लिए भने जेसन बेहरनडार्फ र हार्दिकले १-१ विकेट हात पारे। यसक्रममा एक ब्याट्सम्यान रनआउट भए।

त्यस्तै बेंगलोरका लागि मोईन अलीले र युजवेन्द्र चाहलले २-२ विकेट लिंदा तथा मोहम्मद सिराजले १ विकेट लिए ।