मोदीको सभाकाे अघिल्लाे दिन भाजपा नेताको हत्या - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

मोदीको सभाकाे अघिल्लाे दिन भाजपा नेताको हत्या



भारतको उडिसामा भारतीय जनता पार्टीका एक नेताको हत्या भएको छ।

आइतबार राति खुर्दा अन्चल–९ का मंडल अध्यक्ष समेत रहेका मंगुली जेनाको मोटर साइकलमा आएका अपरिचित व्यक्तिले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले उडिसाको चुनावी अभियानमा भाग लिने अघिल्लो दिन उनको हत्या भएको हो।

भारतीय संचार माध्यमहरुका अनुसार यसपटकको निर्वाचनमा उडिसामा भाजपा र बिजु जनता दलबीच निकै प्रतिस्पर्धा हुँदैछ।

प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ।

हाल भारतमा लोकसभा निर्वाचन भइरकेको छ। ७ चरणमा सम्पन्न हुने निर्वाचनको पहिलो चरणको निर्वाचन गत ११ तारिखमा समाप्त भइसकेको छ। अब यही १८ तारिखमा दोस्रो चरणमा निर्वाचन हुँदैछ। एजेन्सी