नेपालले मलेसियालाई ८ विकेटले हरायो - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

नेपालले मलेसियालाई ८ विकेटले हरायो



काठमाडौं–नेपाली यु—१९ राष्ट्रिय क्रिकेट टोलीले मलेसियाको युवा टोलीलाई ८ विकेटले पराजित गरेको छ । आईसीसी-१९ विश्वकप एसिया छनोटको आज (सोमबार) को खेलमा नेपाली टोलीले आयोजक मलेसियाले दिएको लक्ष्य १३ ओभरमा २ विकेट गुमाएर ९५ रन बनाउँदै पुरा गरेको हो ।

नेपालको जीतमा ओपनिङ ब्याट्सम्यान रित गौतमले अविजित रहँदै सर्वाधिक ३९ रन बनाए । उनले ४५ बलको सामना गरेर ५ चौका प्रहार गरे ।
यस्तै, आसिफ शेखले २६, पवन शरार्फले १९ र कप्तान रोहित कूमार पौडेलले ६ रन मात्रै बनाए । नेपालविरुद्ध मलेसियाका अफिक सायकिर र सुक्रि मदेलीले समान एक-एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको मलेसियाविरुद्ध नेपाली बलर हावी हुँदा मलेसियाले ३३.५ ओभरमा सबै विकेट गुमाएको थियो । मलेसियाविरुद्ध नेपालका पवन शरार्फ र कुसल मल्लले उत्कृष्ट बलिङ गर्दै तीन-तीन विकेट लिएका थिए ।

मलेसिायका लागि ९५ रन बनाउने क्रममा इज्जत डेनियल फिक्रिले ३७ रन बनाएका थिए । जीतसँगै अंकतालिकामा ४ अंक भएको छ । शीर्ष स्थानको युएईको ६ अंक रहँदा ४ अंकसहित नेपाल दोस्रो स्थानमा छ ।