सन्दीप बिना जित्ला त दिल्लीले ? - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

सन्दीप बिना जित्ला त दिल्लीले ?



एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसंग प्रतिस्पर्धा गरिरहेको छ ।

दिल्लीले आजको खेलमा समेत नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई नखेलाउने भएको छ । उसले सन्दीपको स्थानमा कागिसो राबाडालाई निरन्तरता दिएको छ ।

खेलमा हैदरावादले टस जितर फिल्डिङ गर्ने निर्णय गरेकाे छ ।

सन्दीपले यस अघि ४ खेलमा मात्र मौका पाएका थिए । जसमा उनले ५ विकेट लिन सफल भएका थिए ।

सन्दीपको टिम दिल्ली हैदरावादविरुद्ध पाँचौ जितको खोजीमा रहने छ। दिल्लीले ७ खेलमा ४ जित निकालेको छ । ८ अंक जोडेको दिल्ली चौंथो स्थानमा छ ।

हैदरावाद ६ खेलमा ३ जितसहित ६ अंक जोडेर लिगको छैटौं स्थानमा छ । दिल्लीलाई हराएर हैदरावाद अंक तालिका सुधार गर्न चाहन्छ ।