चेन्नईलाई १६२ को लक्ष्य : इमरान ताहिरले लिए ४ विकेट - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

चेन्नईलाई १६२ को लक्ष्य : इमरान ताहिरले लिए ४ विकेट



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले शीर्ष स्थानको चेन्नई सुपर किङ्सलाई जितका लागि १६२ रनको लक्ष्य दिएको छ ।

कोलकत्तास्थित इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभर खेल्दै ८ विकेट गुमाएर १६१ रन बनायो ।

कोलकत्ताका लागि क्रिस लिनले ८२ रनको अर्धशतकीय इनिङ्स खेले  । क्रिसले ५१ बलमा ७ चौका र ६ छक्का प्रहार गरे ।

यस्तै नितिस रानाले २१ रन बनाउदा कप्तान दिनेश कार्तिकले १८ रन बनाए ।  सुबमन गिल १५ रनमा आउट हुँदा आन्द्रे रसेल पनि १० रनमा आउट भए ।

चेन्नईका इमरान ताहिरले ४ विकेट लिए । सार्दुल ठाकुरले २ तथा मिचेल स्टाननरले १ विकेट लिए  ।

आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन्  ।

कोलकत्ताको घरेलु मैदानमा चेन्नई शीर्ष स्थानको अग्रता फराकिलो बनाउन चाहन्छ ।  चेन्नईले ७ खेलमा १२ अंक जोडेको छ ।

यता घरेलु मैदानमा कोलकत्ता चेन्नईलाई रोक्दै अंक दुरी कम गर्न चाहन्छ । कोलकत्ता ७ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा छ ।