आज दिल्लीको खेल : सन्दीप नपर्ने सम्भावना - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

आज दिल्लीको खेल : सन्दीप नपर्ने सम्भावना



काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (आइतबार) दुई खेलहरु हुँदैछ ।

आईपीएलमा आइतबार नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले सनराईजर्स हैदरावादसंग प्रतिस्पर्धा गर्दैछ ।

हैदरावादस्थित राजिब गान्धी क्रिकेट मैदानमा हुने घरेलु टोली र दिल्लीबीचको खेल राति ८:१५ मा सुरु हुनेछ ।

सन्दीपको टिम दिल्ली हैदरावादविरुद्ध पाँचौ जितको खोजीमा रहने छन् । दिल्लीले ७ खेलमा ४ जित निकालेको छ । ८ अंक जोडेको दिल्ली चौंथो स्थानमा छ ।

हैदरावाद ६ खेलमा ३ जितसहित ६ अंक जोडेर लिगको छैटौं स्थानमा छ । दिल्लीलाई हराएर हैदरावाद अंक तालिका सुधार गर्न चाहन्छ ।

हैदरावादविरुद्ध दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई मैदान उतार्ने सम्भावना कम रहेको छ । किनकी सन्दीपको स्थान सफल किमो पाउलले राम्रो खेलिरहेका छन् ।  यस्तै पिचको कारण पनि सन्दीप पर्ने सम्भावना कम रहेको छ ।

सन्दीपले जारी सिजन ४ खेलमा ५ विकेट हात पार्न सफल भएका छन् ।