अमेरिकामा टोर्नेडोले तवाही मच्चायो : दश करोड नागरिक संकटमा - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

अमेरिकामा टोर्नेडोले तवाही मच्चायो : दश करोड नागरिक संकटमा



अमेरिकामा टोर्नेडोको खतरा बढेको छ। टोर्नेडोका कारण टेक्सास राज्यमा २ जनाको मृत्यु भइसकेको छ।

टोर्नेडोका कारण रुख भाँच्चिएपछि एक ३ वर्षीय र अर्का ८ वर्षका बालकको मृत्यु भएको हो।

आइतबार टोर्नेडो पूर्वी राज्यतर्फ अगाडि बढीरहेको छ।

टोर्नेडोसँगै आँधी, असिना र चट्याङ एकसथा हाल न्युयोर्क, वासिङ्टन डिसी र एटलान्टातर्फ अगाडि बढीरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

दश करोड नागरिक यसको संकटमा रहेको सिएनएनले जनाएको छ।

टोर्नेडोसँगै आएको अन्य प्राकृतिक विपत्तिका कारण टेक्सासमा हजारौं नागरिक विद्युत विहिन भएका छन्। एजेन्सी