गेलको शतक बनेन : बेंगलोरलाई विशाल लक्ष्य - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

गेलको शतक बनेन : बेंगलोरलाई विशाल लक्ष्य



एजेन्सी – ओपनर क्रिस गेल शतक बनाउन चुक्दा इन्डियन प्रिमियर लिग(आईपीएल) को २८ औं खेलमा किंग्स इलाभेन पन्जावले रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ७४ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७३ रन बनायो ।

पन्जावलाई बलियो अवस्थामा पुर्याउन ओपनर गेल सानदार ब्याटिङ गरेपनि शतक बनाउन १ रनले चुके । अन्त्यसम्म नटआउट रहेका गेलले २० औं ओभरको चौथो बलमा मोहम्मद सिराजलाई चौका प्रहार गर्दै आफ्नो व्यक्तिगत स्कोर ९५ पुर्याए । पाँचौ बल डट खादा अन्तिममा चौका प्रहार गर्दा शतकको लागि १ रनले पुगेन । गेल ६४ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै ९९ रनमा नट आउट रहे ।

गेलले ओपनर लोकेश(केएल) राहुलसँग पहिलो विकेटका लागि ६६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सातौं ओभरको दोस्रो बलमा युजवेन्द्र चाहलले विकेटकीपर पार्थिव पर्टेलबाट स्टम्पिङ आउट गराउनु अघि राहुलले १५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोडे । मयंक अग्रवाल र सरफराज खान समान १५ रनमा आउट भए । मन्दीप सिंह १८ रनमा अविजित रहे । बेंगलोरका लागि युजवेन्द्र चाहलले २,मोईन अली र मोहम्मद सिराजले समान १ विकेट लिए ।

जारी आईपीएलमा पन्जावले ७ खेलमा ४ मा जित र ३ मा हारका साथ अंक तालिकामा पाँचौ स्थानमा रहँदा बेंगलोर ६ खेलमा ६ मा पराजित हुँदै पुछारमा छ । आजको खेलमा बेंगलोर पराजित भए लगभग समुह चरणबाट बाहिरने पहिलो टिम बन्ने छ ।