आइपिएल : पञ्जावसँग खेल्दै बैंग्लोर, विराट कोहलीलाई यस्तो दवाव - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

आइपिएल : पञ्जावसँग खेल्दै बैंग्लोर, विराट कोहलीलाई यस्तो दवाव



इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तरगत शनिबार दोश्रो खेलमा रोयल च्यालेन्जर बैंग्लोरले किंग्स–११ पञ्जावसँग खेल्दैछ। लिग अन्तरगत बैंग्लोरको यो सातौं खेल हो भने पञ्जावको आठौँ। यी दुई टोलीबिचको खेल साँझ ८ः१५ बजे सुरु हुनेछ।

लिगका ६ खेल सकिँदा बैंग्लोरले खाता समेत खोल्न सकेको छैन। भारतीय राष्ट्रिय टोलिका समेत कप्तान रहेका विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोर संकटमा छ। पहिलो चरणका खेल सकिँदा बैंग्लोर खाता खोल्ने दाउमा हुनेछ। अंकबिहिन बैंग्लोर तालिकाको अन्तिममा छ। ७ खेल खेलिसकेको पञ्जाव भने ८ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको छ।

आईपीएलमा चेन्नई सुपर किंग्स १२ अंकसहित शीर्षस्थानमा हुँदा चार वटा टोलीको सम्मान ८ अंक छ। रनरेटका आधारमा कोलकाता दोश्रो, मुम्वई तेश्रो र नेपाली क्रिकेटर सन्दीप रहेको टिम दिल्ली चौथो स्थानमा छन्।

शनिबार हुने पहिलो खेलमा ४ः१५ बजे मुम्वई इण्डियन्स्ले राजस्थान रोयल्स्को सामना गर्दैछ।