मदनकृष्णद्वारा हरिवंश पराजित - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

मदनकृष्णद्वारा हरिवंश पराजित



काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेशनले आयोजना गरेको ‘मातृ भूमिकप’ क्रिकेट प्रतियोगितामा मदनकृष्ण श्रेष्ठ कप्तान रहेको टिमले जितेको छ ।

हरिवंशले कप्तानी सम्हालेको टिमलाई मदनकृष्णको टिमले पराजित गरेको हो । ७७ रनको लक्ष्य पछ्याएको हरिवंश नेतृत्वको टिम ७० रनमा अलआउट भएको थियो ।

खेल धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ आयोजना गरिएको हो ।