मोदिका सन्यासी सांसदको जनातालाई जनातालाई यस्तो धम्की !
काठमाडौं । अहिले भारतमा आम निर्वाचन चलिरहेको छ । यो बिचमा नेताहरुले जनतासँग भोट माग्न अनेक तरिका प्रयोग गर्ने गरेका छन् । केही दिन पहिले एक जना सांसदले आफुलाई जिताएका रक्सी दिने घोषणा गरेका थिए । उनको त्यो बयान एकदमै चर्चित भएको थियो ।
अहिले, भारतीय जनता पार्टीका सांसद तथा लोकसभा उम्मेदवार साक्षी महाराजले उत्तर प्रदेशको उन्नावमा जनसभालाई सम्बोधन गर्दै फरक शैलीमा भोट मागेका छन् । ‘म सन्यासी हुँ र म भोट माग्न आएको हुँ, यदि मलाई भोट दिनुहुन्न भने तपाइँहरुलाई म मेरो श्राप दिन्छु,’ सधैँ चर्चा र विवादमा रहने उनले भने ।
जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘म सन्यासी हुँ र जब एक सन्यासी कसैको घरमा आउँछ भने ऊ भिक्षा माग्छ, याचना माग्छ । यदि उसको कुरा नमान्दा तपाईँहरुलाई थाहा नै छ, सन्यासी गृहस्थीको पुण्य लिएर जान्छ र आफ्नो पाप दिएर जान्छ, यो शास्त्रमा लेखिएको छ ।
म सम्पत्ति माग्न आएको होइन, जमिन र हिस्सा माग्न पनि आएको होइन, केही अर्कै वस्तु माग्न आएको हुँ ।’ उन्नावमा चोथौ चरण अर्थात् २८ अप्रिलमा मतदान हुँदैछ । यसभन्दा अघि सुल्तानपुरमा मुस्लिम समुदायलाई सम्बोधन गर्दै केन्द्रीय मन्त्री मेनका गान्धीले पनि आफूले मुस्लिम भोटबिना नै जितेमा उनीहरुको समस्या समाधान नगर्ने बताएकी थिइन् । एजेन्सी