चैतेदशैँ र रामनवमी आज एकैदिन - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

चैतेदशैँ र रामनवमी आज एकैदिन



काठमाडौं : यो वर्ष चैतेदशैँ र रामनवमी आज एकैदिन मनाइँदैछ । आज बिहान ८ : ४६ सम्म अष्टमी र त्यसपछि नवमी लाग्ने पञ्चांगहरूले उल्लेख गरेका छन् ।

सोहीअनुसार बिहान शक्तिस्वरूपमा भगवतीको उपासना गरिँदैछ भने दिउँसो भगवान् रामको आराधना गरिँदैछ । ’नवरात्रको अष्टमीमा गर्नुपर्ने विधि सूर्योदय भएकै दिन गर्नु भन्ने निर्देश छ’, पञ्चांग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले भन्नुभयो –अष्टमीको सूर्योदय आज बिहान नै हुन्छ ।’ त्यसैले यही दिन चैतेदशैँ मनाउन पञ्चांगले निर्देश गरेको उहाँले बताउनुभयो ।

‘रामको पूजा भने मध्याह्नमा गर्नुपर्ने बताइएको छ’, गौतमले भन्नुभयो ‘रामको जन्म मध्याह्नमै भएको शास्त्रमा उल्लेख छ ।’ त्यसैले बिहान देवीको आराधना गरी दिउँसो रामचन्द्रको पूजाअर्चना गर्न सकिने धर्मशास्त्रीहरू बताउँछन् । चैतेदशैँको अवसरमा काठमाडौं उपत्यकालगायत देशभरका शक्तिपीठमा घुइँचो लागेको छ । यस्तै राममन्दिरहरू पनि श्रद्धालुले भरिएका छन् । अघिल्लो वर्ष पनि यी दुईटै पर्व एकै दिन परेका थिए ।