नेपाललाई अर्को झट्का - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

नेपाललाई अर्को झट्का



काठमाडौँ – मलेसियामा जारी आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको दोस्रो खेलमा अहिले नेपालले युनाईटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गरिरहेको छ ।

जारी खेलमा नेपालले पाँच विकेट गुमाएको छ । रित गौतम ७३ बलमा ४४ रन बनाएर आउट भए । यसअघि कप्तान रोहित कुमार पौडेल २३ बलमा १८ रन बनाएर आउट भएका थिए । सन्दीप जोरा ७ बलमा ४ रन बनाएर आउट भए ।

नेपालको खातामा ११८ रन पुगेको छ । क्रिजमा हरि चौहान र भिम शार्की छन् ।