युएईलाई पनि नेपालले आरामले जित्ने सङ्केत - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

युएईलाई पनि नेपालले आरामले जित्ने सङ्केत



काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटको दोस्रो खेलमा नेपालले अहिले  बलियो टोली युनाईटेड अरब इमिरेट्स (युएई) संग प्रतिस्पर्धा गरिरहेको छ ।

क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा युएईविरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ । युएईविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले एक सय रन पुरा गरेको छ ।

नेपालले २३ ओभरको खेल सकिदा ४ विकेट गुमाएर १०४ रन जोडेको छ ।

नेपालका लागि रित गौतम ३९ रनमा अविजित रहेका छन् ।

नेपालका आरिफ शेख २७ रनमा आउट हुँदा कप्तान रोहित पौडेल १८ रनमा आउट भए ।