नेपालको अर्को विकेट पनि गुम्यो - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

नेपालको अर्को विकेट पनि गुम्यो



काठमाडौँ – मलेसियामा जारी आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा अहिले नेपालले युनाईटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गरिरहेको छ । युएईले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ्ग गरिरहेको छ ।

१७ ओभरको खेल चलिरहँदा नेपालले दुई विकेटको क्षतिमा ७४ रन बनाएको छ । पवन सराफ ९ बलमा १२ रन र आशिफ सेख ३८ बलमा २७ रन बनाएर आउट भए । अहिले क्रिजमा कप्तान रोहित कुमार पौडल र रित गौतम छन् ।

शुक्रबार सिंगापुर विरुद्धको पहिलो खेलमा नेपालले शानदार जित निकालेको थियो ।