नेपाल यूएईबिरुद्ध खेल्दै : यस्तो छ तयारी - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

नेपाल यूएईबिरुद्ध खेल्दै : यस्तो छ तयारी



काठमाडौं । आईसीसी यू–१९ एक दिवसीय विश्वकप छनोट अन्तगर्त नेपाल आज दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स यूएईबिरुद्ध खेल्दैछ । छनोटमा बलियो प्रतिद्धन्दीका रुपमा मानिएको यूएईबिरुद्ध खेल्न लागेको हो ।

मलेसियास्थित किन्नरा एकेडेमी ओभलमा खेल बिहान ७ः४५ बजे सूरु हुनेछ । यूएईबिरुद्धको खेलमा नेपालको बास्तविक परिक्षा हुने बताइएको छ । दुबै टोली जितको लक्ष्यमा छन् । यसअघि दुबै टोलीले जित निकालेका छन् । नेपालले सिगांपुरमाथि २ सय १७ रनको जित निकाल्दा यूएईले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।

यूएई र नेपालबीच कडा प्रतिस्पर्धा हुँदै आएको छ । पछिल्ला ५ खेलमा नेपालले ४ जित निकालेको छ भने १ खेलमा हार ब्यहोरेको छ । नेपाल पहिलो खेल जस्तै आज पनि शानदार जित निकाल्ने रणनीतिमा छ ।

वैशाख २ गते घरेलु टोली मलेसियासँग खेल्ने नेपालले वैशाख ३ गते ओमान र अन्तिम खेल कुवेतसँग खेल्नेछ । एशिया छनोटमा ६ राष्ट्र सहभागी छन् । शीर्ष स्थानमा रहने टोली २०२० मा दक्षिण अफ्रिकामा हुने विश्वकपका लागि छनोट हुनेछ ।