प्रचण्ड-ओली चन्द्रागिरीमा गुपचुप : हल्लामा एकताको कुरा - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

प्रचण्ड-ओली चन्द्रागिरीमा गुपचुप : हल्लामा एकताको कुरा



काठमाडौं : करिब ११ महिनादेखि अल्झिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रिया प्याकेजमै टुंग्याउन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल  गरेका छन्।

चन्द्रागिरि हिल्स रिसोर्टमा भएको २३ घन्टा लामो आवासीय बैठकमा दुई अध्यक्षले यसअघि नै समझदारी भएको मोडलभित्रै रहेर जिल्लाहरूको भागबन्डासहित कार्यविभाजन प्याकेजमै टुंग्याउने गरी छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ। पूर्वएमाले र पूर्वमाओवादी समूहमध्ये जिल्लाहरूको भागबन्डा गर्दा एउटा पक्षले इन्चार्ज लिए सचिव र अर्को पक्षले अध्यक्ष लिए सहइन्चार्ज पाउने मोडलमा यसअघि नै समझदारी भइसकेको छ।

प्रधानमन्त्रीनिकट एक स्थायी समिति सदस्यका अनुसार दुई अध्यक्षबीच जिल्ला अध्यक्ष र सचिवको सूची, जनसंगठनको नेतृत्व भागबन्डा, केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायत समग्र विषयमा ‘प्याकेज’मा छलफल भएको समाचार नयाँ पत्रिका दैनिकमा छ। ‘उहाँहरूले प्याकेजमै टुंगो लगाउने गरी फेददेखि टुप्पोसम्म सबै विषयमा छलफल गर्नुभएको छ,’ ती नेताले भने, ‘सचिवालयका अरू नेताहरूलाई पालैपालो वेग्लावेग्लै परामर्श गरिसक्नुभएकाले उहाँहरूले प्याकेजमै सबै टुंगो लगाउने गरी लामो गृहकार्य गर्नुभएको हो।’