नेपालमा खतरानाक हावासँगै आगोको लप्का - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

नेपालमा खतरानाक हावासँगै आगोको लप्का



नेपालको इतिहासमै पहिलोपटक बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि विज्ञहरूले गरेका छन् ।

तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन् । टोर्नाडो पत्ता लगाउन मुख्य भूमिका खेलेका विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले नेपालको टोर्नाडोले विश्वकै ध्यान खिँचेको जानकारी दिए ।

चट्याङसहितको बादलले पारेको असिनाले पनि टोर्नाडोको विकराल रूप देखाएको उनले बताए । उनका अनुसार एउटा घरको भार १५ पाउण्ड रहँदा टोर्नाडोको क्षमता १३।८ पाउण्डको रहेको थियो । करिब दुई सय किलोमिटर प्रतिघण्टाको हावाको वेगभित्र ३० किलोमिटर प्रतिघण्टा टोर्नाडोको तीव्र वेग थियो ।

आगोको लप्कासहितको चट्याङ त्यस क्षेत्रमा परेको टोलीका संयोजक वरिष्ठ मौसमविद् डा.अर्चना श्रेष्ठले प्रष्ट्याइन् । ‘डढेका रुख र प्रत्यक्षदर्शीले आधाघण्टा वरपर घुँघुँ गर्दै घुम्दा आगो देखेको प्रमाण दिएका छन्’, उनले भनिन्, ‘त्यो रात आकाशको रङ समेत रातो देखिएको पाइएको छ ।’ स्थलगत क्षति तथा प्रत्यक्षदर्शीको भिडियो उनले देखाइन् । उनले भनेझैं पश्चिमी वायु पोखरा, चितवन हुँदै बारा,पर्सामा पुग्दा उग्र टोर्नाडोको रूप लिएको थियो । आकाशको चिसो र स्थानीय तातो वायुका उग्रतासँगै सोली आकारको टोर्नाडो धर्ती छुँदै आकाशिएको थियो । गोरखापत्रबाट