नेपालको शानदार जीत : २ सय १८ रनले सिंगापुर पराजित - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

नेपालको शानदार जीत : २ सय १८ रनले सिंगापुर पराजित



काठमाडौं– आईसीसी यु—१९ विश्वकप एसिया छनोटमा नेपालले सिंगापुरमाथि शानदार जीत निकालेको छ ।

मलेसियामा जारी खेलमा नेपाली टोलीले सिंगापुरलाई २ सय १८ रनले पराजित गरेको छ ।

नेपालले दिएको २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुरले ३१ ओभरमा सबै विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो ।