महेन्द्र सिंह धोनीलाई कारबाही - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

महेन्द्र सिंह धोनीलाई कारबाही



एजेन्सी । इन्डियन प्रिमिएर लिग (आईपीएल)को आयोजकले चेन्नईका कप्तान महेन्द्रसिंह धोनीलाई कारबाही गरेको छ । बिहिबार राती राजस्थान रोयल्सविरुद्धको खेलमा धोनीले अम्पाएरको निर्णयमा विरोध जनाएपछि आईपीएलले म्याच फि को ५० प्रतिशत जरिवाना गरेको हो ।

अम्पायरले नो बल दिएर पुनः आफ्नो निर्णय फिर्ता लिएपछि रिसाउँदै कप्तान धोनी मैदान प्रवेश गरेका थिए । अम्पाएरसँग गरेको विवादका लागि आईपीएलले शीर्ष स्थानको चेन्नईका कप्तानलाई कारबाही गरेको हो । उक्त खेलमा चेन्नई ४ विकेटले विजयी भएको थियो ।