धोनीको अचम्मको हर्कत : समर्थक नै अलमल - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

धोनीको अचम्मको हर्कत : समर्थक नै अलमल



चेन्नईका कप्तान महेन्द्र सिंह धोनीको उपनाम हो‘क्याप्टेन कुल’ । आफु र आफ्नो टिममाथि जति दवाव र जस्तो सुकै तनाव हुँदा पनि कहिले आफ्नो आवेग नगुमाउने कप्तानको परिचय बनाएका उनि हिंजोको राजस्थान विरुद्धको खेलमा अचम्मको हर्कत देखाए ।

बिहिबार राजस्थान रोयल्सको होम ग्राउण्डमा भएको खेलमा धोनीले आफ्नो यो छवि बर्कारार राख्न सकेनन । राजस्थान विरूद्धको खेलमा धोनीले अचम्मको हर्कत देखाएपछी दर्शकपनि अलमल्ल परेका थिए । धोनीले यो खेलमा आफ्नो होस मात्र गुमाएनन, अम्पायरसँग विवादसमेत गरे।

के थियो काण्ड ?

चेन्नई सुपर किङ्सलाई जितका लागि अन्तिम ओभरमा १८ रन आवश्यक थियो। यसक्रममा पहिलो ३ बलमा १० रन बनेपछि धोनी बेन स्टोक्सबाट आउट भए। त्यसपछि मैदानमा दर्शकहरूले कहिले नदेखेको दृश्य पहिलोपटक देखें।

यस ओभरमा स्टोक्सले चौथो बल फुलटस फ्याँके। यस बलमा चेन्नईका ब्याटसम्यान मिचेल सैंटनरले दुई रन लिए। रन लिएपछि सैंटनरले रविन्द्र जडेजालई बल कम्मरमाथि रहेकाले ‘नो बल’को माग गर्ने सुझाए। अम्पायरले सो अपिल अस्वीकार गरे तर जडेंजा आफ्नो मागमा अडिग रहे र अम्पायरसँग बहस गर्न थाले।