यस्तो पो सामुदायिक बिद्यालय - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

यस्तो पो सामुदायिक बिद्यालय



काठमाडौं– नयाँ शैक्षिक सत्रको सुरुवातसँगै यतिखेर अधिकांश सामुदायिक विद्यालय विद्यार्थी खोज्दै घरदैलो अभियानमा छन् । तर विराटनगरको एक सामुदायिक विद्यालय भने नयाँ विद्यार्थी भर्नाको दबाब थेग्न नसकेर मोबाइल नै बन्द गरेर बसेका छन् । पोखरीया उच्च माविले नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा विद्यालयको कोटाभन्दा पाँच गुणाबढीले आवेदन फारम भरेपछि प्रवेश परीक्षा अगावै सबै शिक्षकहरु ‘मोवाइल अफ’ गरेर बसेको गोरखापत्र दैनिकमा खबर छ ।

विद्यार्थी भर्नाका लागि उच्च तहका कर्मचारी मात्र होइन, उपल्लो तहका राजनीतिक नेताको समेत दबाब आउन थालेपछि मोबाइल नै अफ गर्न बाध्य भएको विद्यालयका प्रधानाध्यापक खेम भट्टराईले बताए । प्रवेश परीक्षा शुरु भएदेखि नतिजा नआएसम्म फोन अफ हुने पनि उनले बताए । विद्यालयले ४०३ नयाँ विद्यार्थीका लागि लिएको आवेदनमा २ हजार ७७ विद्यार्थीले फारम भरेका छन् ।

नेपाली माध्यममा पठनपाठन हुँदै आएको त्यस विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै आएपछि शैक्षिक गुणस्तर सुधार गर्ने भन्दै २०७० सालबाट अंग्रेजी माध्यममा पठनपाठन शुरु गरिएको हो । त्यसपछि विद्यालयको गुणस्तर सुध्रिनुका साथै विद्यार्थीको संख्या पनि थेग्नै नसक्ने गरी बढ्न थालेको छ।

७३ स्थान निषेधित क्षेत्र घोषणा शीर्षकको समाचारमा नेपालको उत्तरी सीमाना जोडिएको ताप्लेजुङदेखि दार्चुलासम्मका १३ जिल्लाका ७३ स्थानलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित भएपछि विदेशी पर्यटकले अध्यागमन विभागबाट अनुमति लिएर जान पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै पत्रिकाले नेपाली सेनालाई बहुआयामिक बनाइने, लेखकीय माध्यमबाट वैयक्तिक प्रतिष्ठानमा आँच पुर्‍याउन नमिल्ने लगायतका समाचारलाई प्राथमिकताका साथ छापेको छ ।