देउवाले बताए तत्काल सभापति नछाड्ने कारण - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

देउवाले बताए तत्काल सभापति नछाड्ने कारण



कांग्रेस सभापति शेरबहादुर देउवाले अन्तर्घातमुक्त पार्टी बनाएरै विश्राम लिने बताएका छन्।

पोखरामा बिहीबार आयोजित कांग्रेसका जिल्ला कोषाध्यक्षहरूको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटनमा उनले अन्तर्घात गर्नेलाई नछाड्ने बताए। यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।

‘हाम्रो पार्टीमा अन्तर्घाते पुरानो रोग हो। यसलाई अन्त्य नगरी अगाडि बढ्न सकिँदैन,’ उनले भने, ‘हामीले अनुशासन पनि बनाएका छौँ। बदमासी गर्नेलाई अन्तर्घात गर्नेलाई छाड्नु हुँदैन।’