धोनीले बनाए नयाँ किर्तिमान : सय खेल जिताउने पहिलो कप्तान - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

धोनीले बनाए नयाँ किर्तिमान : सय खेल जिताउने पहिलो कप्तान



शीर्ष स्थानको चेन्नई सुपर किङ्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा छैटौं जित निकालेको छ  ।

यो जितसंगै चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले नयाँ किर्तिमान बनाएका छन् । आईपीएल खेलको इतिहासमै  गजबको किर्तिमान बनेको छ ।

बिहिबार राजस्थानसंगको खेल जितेपछि आइपिएलको इतिहासमा धोनी १ सय खेल जिताउने पहिलो कप्तान बनेका छन् ।