चेन्नईले रोमान्चक तरिकाले राजस्थानलाई हरायो - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

चेन्नईले रोमान्चक तरिकाले राजस्थानलाई हरायो



एजेन्सी । शीर्ष स्थानको चेन्नई सुपर किङ्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा छैटौं जित निकालेको छ  ।

बिहिबार भएको खेलमा घरेलु टोली राजस्थान रोयल्सलाई ४ विकेटले पराजित चेन्नईले छैटौं जित निकालेको हो  ।

जयपुरस्थीत सवाई मानसिंह क्रिकेट स्टेडियममा राजस्थानले दिएको १५२ रनको लक्ष्य चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।

चेन्नईको जितमा कप्तान महेन्द्र सिंह धोनी र अम्बाती रायडुले अर्धशतकीय इनिङ्स खेले । धोनीले ५८ रन जोड्दा रायडुले ५७ रन बनाए ।

राजस्थानका बेन स्टोक्सले दुई विकेट लिए । यस्तै धवल कुलकर्मी, जयदेव उनाडकट र जोफ्रा आर्चरले एक एक विकेट लिए ।

यस टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै ७ गुमाएर १५१ रन बनाएको थियो ।

राजस्थानका लागि बेन स्टोक्सले २८ रन जोड्दा जोस बट्लरले २३ रन जोडे । यस्तै रियन परागले १६ , स्टिभ स्मिथले १५ तथा कप्तान अजिंका रहानेले १४ रन बनाए ।

श्रेयस गोपाल १९ रनमा अविजित रहदा जोफ्रा आर्चरले अविजित १३ रन बनाए । चेन्नईका रविचन्द्र आश्विन,सार्दुल ठाकुर र दिपक चाहरले समान २/२ विकेट लिए ।

जितसंगै चेन्नईले ७ खेलबाट १२ अंक जोडेको छ ।