पन्जाबमाथि मुम्बईको रोमान्चक जित - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

पन्जाबमाथि मुम्बईको रोमान्चक जित



एजेन्सी । घरेलु टोली मुम्बई इन्डियन्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोमान्चक जित निकालेको छ । बुधबार रोमान्चक बनेको खेलमा मुम्बईले किङ्स इलाभेन पन्जाबलाई ३ विकेटले हराएको हो ।

वान्खडे क्रिकेट स्टेडियममा पन्जाबले दिएको १९८ रनको उच्च लक्ष्य मुम्बईले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर पुरा गर्यो ।  मुम्बईको जितमा केइरन पोलार्डले अर्धशतकीय इनिङ्स खेले । विस्फोटक ब्याटिङ गरेका पोलार्डले ८३ रन बनाए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १९७ रन बनाएको थियो । पन्जाबका लागि लोकेश राहुलले शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

ओपनर राहुलले अविजित रहदै १०० रनको योगदान दिए । यस्तै क्रिस गेलले अर्धशतकीय इनिङ्स खेले । गेल ६३ रनमा आउट भए ।

मुम्बईका हार्दिक पाण्डयाले २ विकेट लिए ।

जितसंगै मुम्बईले ६ खेलबाट ८ अंक जोडेको छ ।

पन्जाबले ७ खेलबाट ८ अंक नै जोडेको छ ।