कोहलीले पाए नयाँ अवार्ड - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

कोहलीले पाए नयाँ अवार्ड



भारत– भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीले ‘विस्डेन लिडिङ क्रिकेटर अफ दि इयर’को उपाधि हात पारेका छन् । कोहलीले २०१८ मा गरेको प्रदर्शनका आधारमा उनलाई उक्त अवार्ड दिइएको हो ।

सन् २०१४ को इङ्ल्यान्ड भ्रमणका क्रममा भारतबाट कोहलीले १ सय ३४ रन बनाएका थिए भने अहिलेसम्म इङ्ल्यान्डविरुद्ध उनको व्यक्तिगत ५९ को एभरेजमा रन जोड्दै ५ सय ९३ रन बनाइसकेका छन् ।

क्रिकेट पुस्तक ‘विस्डेन अलम्यानाक’ले बुधबार सार्वजनिक गरेको अवार्ड कार्यक्रममा कोहलीले लिडिङ क्रिकेटर अफ दी इयर पाउँदा जोश बट्लर, साम करण, टामी बेओउमोउन्ट र रोरी बुर्नेसले पनि ‘क्रिकेटर अफ दि इयर’को उपाधि पाए ।

यस्तै, ट्वान्टी—२० फर्म्याटमा अफगानिस्तानका स्पिनर राशिद खानले लगातार दोस्रो पटक ‘लिडिङ क्रिकेटर अफ दि इयर’को उपाधि जिते ।
महिलातर्फ भारतीय महिला क्रिकेट टोलीकी सदस्य स्मृति मन्धनाले ‘लिडीङ क्रिकेटर अफ दि इयर’को उपाधि जितेकी छिन् ।