कोलकत्तालाई पराजित गर्दै चेन्नई फेरि शीर्ष स्थानमै - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

कोलकत्तालाई पराजित गर्दै चेन्नई फेरि शीर्ष स्थानमै



एजेन्सी । चेन्नई सुपर किङ्स भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।

एम चिदामबराम क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १०९ रनको सामान्य लक्ष्य घरेलु टोली चेन्नईले १७ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

चेन्नईका लागि फाप डु प्लेसिसले अविजित ४३ रन बनाए । यस्तै अम्बाती रायाडुले २१ रन जोड्दा सेन वाट्सनले १७ रन बनाए । सुरेश रैना १४ रनमा आउट हुँदा केदार जादबले अविजित ८ रन जोडे ।

कोलकत्ताका सुनिल नारिनेले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभरमा ९ विकेट गुमाएर १०८ रन बनाएको थियो ।

चेन्नईका बलर चम्किएको खेलमा कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै टोलीको सम्मान जनक स्कोर बनाए ।

यस्तै कप्तान दिनेस कार्तिकले १९ तथा रोबिन उथप्पाले ११ रन बनाए । कोलकत्ताका अन्य ८ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

चेन्नईका दिपक चाहरले ३ विकेट लिए । यस्तै हरबजन सिंह र इमरान ताहिरले समान २/२ विकेट लिए ।

कोलकत्तालाई हराएसंगै शीर्ष स्थानमा उक्लिएको चेन्नईले लिगमा पाँचौं जित निकालेको छ । चेन्नईले ६ खेलबाट १० अंक जोडेको छ ।

पराजित कोलकत्ता ६ खेलबाट ८ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ ।