बिना चमकको कोलकत्ता : रसेलको अर्धशतक, चेन्नईलाई १०९ रनको लक्ष्य - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

बिना चमकको कोलकत्ता : रसेलको अर्धशतक, चेन्नईलाई १०९ रनको लक्ष्य



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले घरेलु टोली चेन्नई सुपर किङ्सलाई १०९ रनको सामान्य लक्ष्य दिएको छ ।

एम चिदामबराम क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभरमा ९ विकेट गुमाएर १०८ रन बनायो ।

चेन्नईका बलर चम्किएको खेलमा कोलकत्ताका लागि आन्द्रे रसेलले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान दिनेस कार्तिकले १९ तथा रोबिन उथप्पाले ११ रन बनाए । कोलकत्ताका ८ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

चेन्नईका दिपक चाहरले ३ विकेट लिए । यस्तै हरबजन सिंह र इमरान ताहिरले समान २/२ विकेट लिए ।

आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । दुवै टोली पाँचौ जित निकाल्दै शीर्ष स्थान ओगट्ने लक्ष्यमा हुनेछ ।

यस सिजन उत्कृष्ट खेलिरहेको चेन्नई ५ खेलमा ४ जितसहित ८ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । यस्तै कोलकत्ता ५ खेलमा ४ जितसहित ८ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । त्यसैले दुवै टोली जित निकाल्दै शीर्ष स्थान ओगट्न चाहन्छ ।