भाजपाको र्यालीमा माओवादी आक्रमण : विधायकसहित ५ को मृत्यु

काठमाडौं– भारतको छत्तीसगढ राज्यको एउटा चुनावी र्यालीमा भएको हमलामा कम्तिमा पाँचजना मारिएका छन्।
छत्तीसगढका डीआइजी पी सुंदरराजले बताएअनुसार आक्रमणमा सत्तारूढ भारतीय जनता पार्टीका दन्तेवाडाका विधायक भीमा मण्डावी, उनका चालक र तीनजना सुरक्षाकर्मी मारिएका छन्।
एक स्थानीय अधिकारीका अनुसार त्यहाँको साप्ताहिक बजारमा विधायक मण्डावी चुनाव प्रचारका लागि पुगेका थिए।
प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्वीट गर्दै घटनाको भर्सना गरेका छन्।
त्यहाँको दन्तेवाडा-सुकमा सडकमा भएको हमलामा र्यालीमा रहेको बुलेटप्रुफ गाडीमा ठूलो क्षति पुगेको देखिएको जनाइएको छ।
उक्त गाडी उछिट्टिएर दुई सय मिटर पर पुगेको थियो।

