पन्जाबलाई १५१ रनको लक्ष्य : यस्तो रह्यो हैदरावादको खेल - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

पन्जाबलाई १५१ रनको लक्ष्य : यस्तो रह्यो हैदरावादको खेल



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले घरेलु टोली किंग्स इलाभेन पन्जाबलाई जितका लागि १५१ रनको लक्ष्य दिएको छ ।

चन्द्रीगढस्थित पन्जाब क्रिकेट एसोसियसनको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १५० रन बनाउन सक्यो ।

हैदरावादका लागि डेभिड वार्नरले अविजित ७० रनको अर्धशतकीय इनिङ्स खेले ।

आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

घरेलु टोलीविरुद्ध हैदरावाद चौंथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । हैदरावाद पाँच खेलमा ३ जितसहित ६ अंक जोडेको छ । हैदरावाद तेस्रो स्थानमा छ ।

यता, घरेलु टोली पन्जाब पनि चौंथो जितको खोजीमा हुनेछन् । छैटौं स्थानको पन्जाबको ६ अंक रहेको छ ।

पन्जाब र हैदरावादबीचको पछिल्लो पाँच खेलमा हैदरावाद बलियो देखिएको छ । पन्जाबले १ खेलमा जित निकाल्दा हैदरावादले ४ खेल जितेको छ ।