आज पन्जाब र हैदरावाद भिड्दै : यस्तो छ तयारी - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

आज पन्जाब र हैदरावाद भिड्दै : यस्तो छ तयारी



नयाँ दिल्ली : इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा सोमबार राती किङ्स इलेभेन पन्जाब र सनराइजर्स हैदराबाद भिड्दैछन्। यो खेल पन्जाबको मैदानमा हुने छ।

पछिल्लो खेलमा हैदरावादले मुम्बई इन्डियन्ससँग हार ब्यहोरेको थियो भने पन्जाबले चेन्नई सुपर किङ्सलाई २२ रनले हराएको थियो। पाँच खेलबाट ६ अंक भएको हैदरावाद तेस्रो स्थानमा छ। पाँच खेलबाट ६ अंक भएको पन्जाब छैटौं स्थानमा छ।

५ खेलपछि कोलकाता नाइट राइडर्स र चेन्नईको समान ८ अंक छ। नेपालका सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स ६ खेलबाट ६ अंक जोड्दै पाँचौं स्थानमा छ।

प्रतियोगितामा हैदरावादका डेभिड वार्नर पाँच खेलबाट दुई सय ७९ अंक जोड्दै सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा शीर्षस्थानमा छन्। दोस्रो स्थानमा रहेका हैदरावादका जोनी बेयरस्टले दुई सय ६२ रन बनाएका छन्।

पन्जाबका लागि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्षस्थानमा रहेका सरफराज खानले पाँच खेलमा एक सय ६५ रन बनाएका छन्। पन्जाबकै केएल राहुलले पाँच खेलबाट एक सय ४६ र क्रिस गेलले चार खेलबाट एक सय ४४ रन बनाएका छन्।