राजस्थानको फितलो खेलमा कोलकत्ताको सजिलो जित - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

राजस्थानको फितलो खेलमा कोलकत्ताको सजिलो जित



एजेन्सी । कोलकत्ता नाइट राइडर्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चौंथो जित निकालेको छ ।

आइतबार भएको खेलमा कोलकत्ताले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै चौंथो जित निकालेको हो ।

जयपुरमा राजस्थानले दिएको १४० रनको लक्ष्य कोलकत्ताले १३ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर गर्यो । कोलकत्ताको जितमा क्रिस लीनले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभरमा ३ विकेट गुमाएर १३९ बनायो । राजस्थानका लागि स्टिभ स्मिथले ७३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जोस बट्लरले ३७ रन जोडे ।

कोलकत्ताका ह्यारी गुर्नेले २ विकेट लिए ।

जितसंगै कोलकत्ता लिगको शीर्ष स्थानमा उक्लिएको छ। कोलकत्ताले ५ खेलबाट ८ अंक जोडेको छ ।