राजस्थानको खेल मध्यम : कोलकतालाई १ सय ४० को लक्ष्य - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

राजस्थानको खेल मध्यम : कोलकतालाई १ सय ४० को लक्ष्य



एजेन्सी – अष्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथले अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को २१ औं खेलमा राजस्थान रोयल्सले कोलकता नाइट राइडर्सलाई १ सय ४० रनको मध्यम लक्ष्य दिएको छ ।

जयपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ३९ रन बनायो । राजस्थानका लागि स्टिभ स्मिथले ५९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ७३ रनमा अविजित रहे ।

ओपनर जस बटलरले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३७ रनमा आउट भए । बटलरलाई पाँचौ ओभरको बलमा हेरी गर्नीले सुभमन गिलबाट क्याच आउट गराए । कप्तान अजिंक्या रहाणे ५ र राहुल त्रिपाठ्ठी ६ रनमा आउट भए । कोलकताका ह्यारी गर्नीले २ र प्रसिद्ध कृष्णाले १ विकेट लिए ।