लगानी सम्मेलन पुरै असफल भयो : डा. भट्टराई - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

लगानी सम्मेलन पुरै असफल भयो : डा. भट्टराई



बुटवल – पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले लगानी सम्मेलन व्यवहारिक रुपमा असफल सिद्ध भएको दाबी गरेका छन्। उनले लागानी सम्मेलनपछि जम्मा ३ कम्पनी मात्र सम्पर्कमा आउनुले सम्मेलनको परिणाम पुष्टि भएको बताए।

बुटवलमा सञ्चारकर्मीहरुसँग शनिबार कुराकानी गर्दै डा. भट्टराईले संघीयता कार्यन्वयनमा सरकारका नेतृत्वकर्ताहरु नै तयार नरहेको आरोप लगाए। ‘वास्तविक संघीयताको कार्यन्वयनमा सरकार नै अलमलमा छ। संघीय कानूनहरु एकात्मक हिसाबले धमाधम निमार्ण गर्न सरकार लागिपरेको छ,’ उनले भने।

प्रमुख जिल्ला अधिकारी संघीय सरकार मातहतमा राख्ने गरी विधेयक निमार्ण हुनु संघीयता कार्यन्वयनको मुख्य अवरोध रहेको उनको धारणा छ। प्रधानमन्त्रीलाई सेना परिचालनको अधिकार दिने गरी कानून निर्माणले सरकार ‘जे गरे पनि हुन्छ’ भन्ने मान्यताबाट प्रेरित देखिएको उनको भनाई थियो।

सरकारले सार्वजनिक गरेका सूचकहरुलाई हेर्दा सरकार आर्थिक रुपमा असफलताको दिशातर्फ उन्मुख रहेको बताए।

उनले नयाँ शक्ति सबै विषयमा नयाँ भएको भन्दै विचारमा समेत नयाँ रहेको बताए। ‘नयाँ शक्ति सबै कुरामा नयाँ हो। थप नयाँ होइन।’ उनले परराष्ट्र नीति असफल प्राय भएको भन्दै त्यसको सुधारका लागि नेकपा, कांग्रेस र राप्रपाबाहेकका शक्तिसँग सहकार्य हुनसक्ने बताए।