मोदीमुक्त भारत अभियानमा नसिरुद्दिन शाहसहित ६ सय कलाकार - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

मोदीमुक्त भारत अभियानमा नसिरुद्दिन शाहसहित ६ सय कलाकार



रंगमञ्चसँग जोडिएका भारतका ६ सयभन्दा बढी चर्चित रंगकर्मीहरुले पत्र लेखेर सत्तारुढदल भारतीय जनता पार्टीको विपक्षमा भोट हाल्न सर्वसाधरणमा आह्वान गरेका छन्।

उनीहरुले एक पत्र लेखेर भोटमार्फत नै भाजपा र उसका सहयोगीलाई सत्ताबाहिर पु¥याउन आग्रह गरेका हुन्।

यष्सरी आग्रह गर्नेहरुमा अमोल पालेकर, नसिरूद्दिन शाह, गिरीश कर्नाड, एमके रैना र उषा गांगुलीजस्ता चर्चित रंगकर्मी रहेका छन्। उनीहरुले मोदीको दलका कारण भारत देश र संविधान दुवै खतरामा रहेको बताएका छन्।

बिहीबार जारी गरियो यो पत्र १२ भाषामा तयार गरिएको र आर्टिस्ट युनाइट इन्डिया नामक वेवसाइटमा राखिएको थियो।

पत्रमा लेखिएको छ कि, ‘आगामी लोगसभाको चुुनाव भारको इतिहासकै सबैभन्दा गम्भीर चुनाव हो।’ उनीहरुले सरकारले कला क्षेत्रको गला रेटेको आरोपसमेत लगाएका छन्। ‘‘आज देशको अवधारणा खतारामा छ। गीत, नृत्य, हास्य सबै क्षेत्र खतरामा छन्। हाम्रो प्यारो संविधान खतरामा छ।’ उनीहरुले बहस, तर्क बितर्क र विमर्श हुने क्षेत्र सरकारको मुख्य निशाना बनेको आरोप लगाएका छन्।

लोकतन्त्रमा सबैभन्दा कमजोरलाई सबैभन्दा बलियो बनाउनु पर्ने भए पनि सरकार कमजोरकै विरोधमा लागेको उनीहरुको आरोप छ।

गतहप्ता बलिउडका फिल्मकर्मीहरुले मोदी सरकार फासिवादी भएको भन्दै यसलाई हराउन आह्वान गरेका थिए।