कोहलीको ८ हजार रन - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

कोहलीको ८ हजार रन



एजेन्सी । भारतीय क्रिकेट कप्तान विराट कोहलीले टी-ट्वान्टी क्रिकेटमा ८ हजार रन पुरा गरेका छन् ।

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत कोलकत्ता नाइट राइडर्सविरुद्धको खेलबाट कोहलीले टी-ट्वान्टी क्रिकेटमा ८ हजार रन पुरा गरेका हुन् ।

रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान समेत रहेका कोहलीले कोलकत्ताविरुद्ध अर्धशतकीय इनिङ्स खेल्दै ८४ रन बनाएका थिए । र, कोहलीले ८ हजार रनको कोशेढुंगा पार गरे ।

कोहली टी-ट्वान्टी क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा भने सातौं स्थानमा रहेका छन् । कोहलीले हालसम्म टी-ट्वान्टी क्रिकेटमा ८ हजार ६७ रन बनाएका छन् ।

योसंगै कोहली टी-ट्वान्टी क्रिकेटमा ८ हजार रन पुरा गर्ने दोस्रो भारतीय खेलाडी बने । कोहली अघि सुरेश रैनाले ८ हजार रन पुरा गरेका थिए ।

यस्तै कोहली रैनापछि आईपीएल क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।