आडवानीको ‘एउटा टिप्पणी’ ले भारतमा तरङ्ग
एजेन्सी– भाजपाका वरिष्ठ नेता र मार्गदर्शक मण्डलका सदस्य लालकृष्ण आडवाणीले आइतवार एक ब्लगमा पार्टीप्रति राजनीतिक रुपबाट असहमति जनाउँदैमा कोही ‘देशद्रोही’ नहुने लेखेका छन् ।
सरकारको विरोध गर्दैमा देशद्रोही घोषणा गर्ने चलनलाई लिएर छेडिएको बहसका बीच भाजपाका वरिष्ठ नेताको यो टिप्पणी आएको हो । आडवाणीले ‘नेशन फस्र्ट, पार्टी नेक्स्ट, सेल्फ लास्ट (सबैभन्दा पहिले राष्ट्र, त्यसपछि पार्टी र स्वयं अन्तिममा) शीर्षकमा लेखेको ब्लगमा भनेका छन् ,‘ भारतीय लोकतन्त्रको सार विविधता र अभिव्यक्तिको स्वतन्त्रताको सम्मान हो । आफ्नो स्थापनाकाल देखिनै भाजपाले राजनीतिक असहमति जनाउनेलाई कहिले दुश्मन मानेन, बरु प्रतिद्वन्दी मान्यो’ उनले अगाडि भनेका छन्, ‘पार्टी व्यक्तिगत एवं राजनीतिक स्तरमा प्रत्येक नागरिकको रोजाईको स्वतन्त्रतामा प्रतिबद्ध छौं ।’
उनले लेखेका छन्, ‘अप्रिल ६ को दिन भाजपाले आफ्नो स्थापना दिवस मनाउनेछ । सो दिन हामी सबैको लागि विगत हेर्ने महत्वपूर्ण अवसर हो । यस अवसरमा हामीले अगाडि हेरौं र भित्र हेरौं । भाजपाका संस्थापकहरुमध्ये एकको रुपमा मैले भारतका मानिसहरुमाझ आफ्नो अनुभव व्यक्त गर्ने आफ्नो कर्तव्य सम्झिएको छु, खासगरी मेरो पार्टीका लाखौं कार्यकर्ताको साथ । दुवैले मलाई धेरै स्नेह र सम्मान दिएका छन् ।’
आडवाणीले ब्लगमा गान्धीनगरका मानिसहरुलाई आभार पनि व्यक्त गरेका छन् । सो क्षेत्रबाट उनी सन् १९९१ देखि लगातार ६ पटक विजयी भएर लोकसभा सदस्य भएका थिए ।
लालकृष्ण अडवाणीलाई पार्टीले यसपटक लोकसभा चुनावमा टिकट नै दिएन । उनको पारम्परिक गान्धीनगर सीटबाट भाजपा अध्यक्ष अमित शाह चुनाव लडिरहेका छन् । कत्तिले यसैले उनी पार्टी अध्यक्ष शाह र प्रधानमन्त्री मोदीसँग असन्तुष्ट रहेको बताइन्छ । ब्लग पनि यही कारण लेखिएको विश्वास गरिएको छ ।
वरिष्ठ नेता आणवाणीले पार्टीभित्र र बृहद राष्ट्रिय परिदृश्यमा लोकतन्त्र एवम् लोकतान्त्रिक मूल्यहरुको रक्षा भाजपाको विशिष्टता हुनुपर्ने बताए । यसैको लागि मिडियासमेत सबै लोकतान्त्रिक संस्थाहरुको स्वतन्त्रता, निष्पक्षता र तिनको मजबूतीलाई कायम राख्न उनले माग गरे ।
पूर्व–प्रधानमन्त्रीले राजनीतिक एवम् चुनावी फिडिंगमा पारदर्शितासहित चनाव सुधार भ्रष्टाचार मुक्त राजनीतिका लागि उनको पार्टीको एक अन्य प्राथमिकता रह्यो । उनले भने, ‘संक्षेपमा पार्टीभित्र र बाहिर सत्य, निष्ठा र लोकतान्त्रिकका तीन स्तम्भ संघर्षबाट मेरो पार्टीको मार्गदर्शक रहेको छ । यी मूल्यको सार सांस्कृतिक राष्ट्रवाद र स्वराजमा निहित छ । यसमा मेरो पार्टी अडिग रहेको छ ।’
आडवाणीले इन्दिरा गान्धीले लगाएको इमरजेन्सीविरुद्ध आफूहरुले गरेको अभूतपूर्व संघर्ष यी मूल्यको प्रतिक रहेको बताए । उनले सबै मिलेर समग्र भारतको लोकतन्त्रिक ढाँचालाई मजबुदी प्रदान गरेको हेर्न चाहेको बताए ।
आडवाणीले सन् २०१५ पछि पहिलोपटक आफ्नो ब्लगमा कुनै पोस्ट गरेका हुन् । आडवाणीको यस ब्लगप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टिप्पणी पनि गरेका छन् । उनले लेखेका छन्, ‘आडवाणीजीले साँचो अर्थमा भाजपाको गुह्य व्यक्त गरेका छन् ।
उनले व्यक्त गरको सबैभन्दा ख्याल गर्नुपर्ने मन्त्र हो –नेशन फस्र्ट, पार्टी नेक्स्ट, सेल्फ लास्ट हो । यही मन्त्रबाट भाजपा चल्छ । भाजपाको एक कार्यकर्ता भएकोमा मलाई गर्व छ । लालकृष्ण आडवाणीजी जस्ता महान व्यक्तित्वहरुले यसलाई मजबूदी प्रदान गरे ।’